October 23, 2017

नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित

काठमाण्डौ, १४ चैत्र । बंगलादेशमा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले बलिङ रोजेको पाकिस्तानले नेपाललाई निर्धारित ५० ओभरको खेलमा १८० रनमै समेटेको थियो । १८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले इमाम उलहकको सतकीय पारीको मद्धतले ४५.१ ओभरमा जित हात पार्याे ।

१४.३ ओभरको खेलमा ४१ रन बनाउदै नेपालले महत्वपूर्ण तीन विकेट गुमाएको थियो । त्यसपछि पारीलाई सुनिल धमला र शरद भेषवाकरले सम्हालेका थिए । ओपनर सुनिलले ४३ र शरदले ३८ रनको योगदान दिए । यस्तै विनोद भन्डारीले ३१ बलमा एक छक्कासहित २३ रन जोडे । आरिफ शेखले १६ र दिपेन्द्र सिंह ऐरीले १४ रन बनाएका थिए ।

ओपनर कप्तान ज्ञानेन्द्र मल्ल भने मात्र दुई रनबनाएका थिए । तेस्रो नम्बरमा ब्यट्सम्यान सागर पुन पनि चार रनमै आउट भए । पाकिस्तानका गुलाम मुदस्सरले पाँच र ओस्मा मिरले दुई विकेट लिए ।

जवाफमा पाकिस्तानले ४५.१ ओभरमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । पाकिस्तानको जितमा इमाम उल हकले सतक प्रहार गरे । उनले १ सय ४ रन बनाए भने इमरान बटले २१ तथा ह्यारिस सोहेलले १७ रन बनाए । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामीछानेले दुई दुई विकेट लिए ।