June 27, 2017

नेपाल तेक्वान्दो संघको आयोजना तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु

काठमाण्डौ, १ चैत्र । नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु भएको छ ।

सातदोबाटो स्थित नेपाल खेलकुद विज्ञान प्रतिश्ठानमा मंगलबार देखि तेक्वान्दो रेफ्री सेमिनार र रिफ्रेसर कोर्ष सुरु भएको हाे । विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो ।

उक्त कोर्सको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा र महासचिव दिपराज गुरुङले लगायतले उद्घाटन गरेका छन् । सो अवसरमा महासचिव गुरुङले डब्लुटिएफले तेक्वान्दोमा केही नयाँ नियम जारी गरेका कारण कोर्स सुरु गरिएको बताए ।

चैत ३ गते सम्म हुने ग्यरोगीतर्फका कोर्समा कुल २ सय ५६ निर्णायकको सहभागीता रहेको कोर्सका प्रशिक्षक समेत रहेका गोविन्द शर्माले जानकारी दिए । जसमा नयाँ निर्णायकको लागि ८५ र रिफ्रेसरका लागि १ सय ७१ निर्णायकको सहभागीता रहेका छ ।
उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ, कोरियन प्रशिक्षक क्वान योङ दल र गोविन्द शर्माले प्रशिक्षण दिएका छन् ।

कोर्स पूर्वाञ्चलको झापामा चैत ६ र ७ पश्चिमाञ्चलको बुटवलमा वैशाख ४ र ५, मध्यपश्चिमाञ्चलको नेपालगन्जमा वैशाख ७ र ८ तथा सुदूरपश्चिमाञ्चलको महेन्द्रनगरमा वैशाख १० र ११ गते हुनेछ ।