November 18, 2017

नेपाल टाईगर भाईराजा स्मृति क्रिकेट प्रतियोगिताको फाईनलमा

नेपालगञ्ज २६ फाल्गुन । नेपाल टाईगर स्पोर्ट्स क्लब नेपालगन्जमा जारी स्वः रणेन्द्र बहादुर हमाल भाईराजा स्मृति क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न सेमिफाइनल खेलमा युनाईटेड भिजन स्पोर्ट्स क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल टाईगर फाईनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ्ग रोजेको युनाईटेडले १३ ओभरमा १० विकेट गुमाउँदै ६३ रन बनाएको थियो ।

जसमा सुजीत आचार्यको १९ तथा मदन बी.क.को ११ रनको योगदान रहेको थियो । नेपाल टाईगरका अविनास बोहराले ३ विकेट तथा अमर सिंह रौटेला र अजय साहनीले क्रमस २÷२ विकेट लिएका थिए ।

जवाफमा ६४ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपाल टाईगरले ७.२ ओभर खेल्दै २ विकेटको नोक्सानीमा  उक्त लक्ष्य प्राप्त गर्न सफल भयो ।

नेपाल टाईगरका सिद्धान्त राज शाहीले २२ रन र भीम शाहीले १२ रन बनाए । युनाईटेडका प्रवेज खानले २ विकेट लिन सफल भए । नेपाल टाईगरका अविनास बोहरा म्यान अफ द म्याच घोषित भए । शनिवार उपाधि जित्नका लागि  नेपाल टाईगर र रोयल स्पोर्टस क्लब बीच फाईनल खेल हुनेछ ।