Breaking News

नेपाल जेसीजकाे ‘ग’ क्षेत्र सम्मेलन अाज देखि भक्तपुरमा सुरु

भक्तपुर, ६ साउन । नेपाल जेसीजको क्षेत्र ‘ग’ को दुई दिने सम्मेलन आजबाट भक्तपुरमा सुरु भएको छ ।
भक्तपुर लेडी जेसीजको आतिथ्यता तथा नेपाल जेसीजको आयोजनामा भइरहेकाे यो सम्मेलन आज र भोलि गरि दुई दिनसम्म सञ्चालन हुन लागेको हो ।
भक्तपुर लेडी जेसीजको सभापति रञ्जना चापागाईं खर्बुजाले सम्मेलनमा समसामयिक विषयमा छलफल, बक्तृव्य कला, गोष्ठी लगायत बिभिन्न साँस्कृतिक कार्यक्रम गरिने बताइन  । सम्मेलनमा जेसीजको क्षेत्र ‘ग’ मा रहेका ३२ शाखा लगायत देशभरबाट करीव ४ सय जनाको सहभागिता रहने छ ।
आजको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीलगायत केन्द्रीय पदाधिकारी तथा शाखाका अध्यक्षहरुको सहभागि रहेको छ ।

shares