August 24, 2017

नेपाल उद्योग वाणिज्य महांघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा निर्वाचित

काठमाण्डौ २९ चैत्र । नेपाल उद्योग वाणिज्य महांघको बरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छा विजयी भएका छन्। गोल्छालाई जिल्ला तथा नगरबाट ६१ मत प्राप्त भएको छ। अर्का उम्मेद्वार किशोर प्रधानले ४२ मत प्राप्त गरेका छन्। वस्तुगत तर्फ किशोरले ५३ र शेखरले ४८ मत प्राप्त गरेका छन्।

महासंघको चुनावबाट जिल्ला तथा नगरको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठले विजयी भएका छन । त्यसैगरी वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् ।  एशोसियटतर्फ चन्द्रप्रसाद ढकाल निर्बिरोध उपाध्यक्ष भएका छन् ।
वस्तुगततर्फ सर्वाधिक ७३ मत ल्याई केन्द्रीय सदस्यमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । वस्तुगततर्फ आकाश अधिकारी, कमला श्रेष्ठ, विनोद ढकाल, शिवप्रसाद घिसिरे, सकुन्तलाल हिराचन, रबिनकुमार श्रेष्ठ, सुनिगोपाल श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, हेमराज ढकाल, तिलचन्द्र भट्टराई र जयप्रसाद शिवाकोटीले जितेका छन् ।

त्यसैगरी जिल्ला तथा नगरमा पनि गोल्छाकै बहुमत देखिएको छ । जिल्ला/नगरको १८मध्ये १६ केन्द्रीय सदस्य गोल्छा प्यानलबाटै निर्वाचित भएका छन् । २ जना मात्रै प्रधान समूहबाट केन्द्रीय समितिमा आएका छन् ।

जिल्ला तथा नगरतर्फ सर्वाधिक ८९ मत ल्याई उमेश डालमिया विजयी भएका  छन् । यसका साथै सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ,  चन्द्रकान्त अधिकारी र कल्याण जोशीले केन्द्रीय सदस्यमा विजयी भएका छन ।