नेपाली सेनाले सेना दिवस मनाउदै

काठमाण्डौ,१३ फाल्गुन । महाशिवरात्रिकै अवसर पारेर नेपाली सेनाले सेना दिवस मनाउदै छ ।

सैनिक मञ्च टुडिखेलमा हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री, उच्च सरकारी अधिकारीको उपस्थिति रहनेछ ।

सेना दिवसकै अवसर पारेर राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री दाहाल तथा सेनापति लगायतकाले शुभकामना दिएका छन । समारोहमा नेपाली सेनाका विभिन्न टोलीद्वारा कलाकौशल प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिका दिन सेना दिवस मनाउदै आएको छ ।