June 26, 2017

नेपाली क्रिकेट टोली शुक्रबार दिल्ली जाँदै

काठमाण्डौ ८ फाल्गुन । नेपाली क्रिकेट टोली यसै साता दिल्ली प्रस्थान गर्ने भएको छ ।
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत केन्याविरुद्धको खेलको तयारीका लागि नेपाली टोली शुक्रबार दिल्ली जाँन लागेको हो ।
नेपाली क्रिकेट टोलीले दिल्लीमा स्थानीय टोलीसँग तीन अभ्यास खेल खेल्ने भएको छ । कुन टिमसँग खेल खेल्ने भन्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले तय गर्ने बताइएको छ ।
भ्रमण टोलीमा कप्तान पारस खड्का भने सहभागी नहुने भएका छन् । खड्काको एपेन्डिक्सको शल्यक्रिया गरिएको र केही समय आराम गर्नु पर्ने भएकोले सहभागी हुन नसकेका हुन ।
अभ्यास खेल खेलेर नेपाली टोली २० गते स्वदेश फर्कने भएको छ ।