October 24, 2017

नेपाली कामदारलाई मलेसियामा ४ बर्ष जेल सजाए

काठमाण्डौ, २२ फाल्गुन । मलेसियामा नेपाली कामदारले ४ वर्षका लागि जेल सजाय भोग्नु पर्ने भएकाे छ । सुनको सिक्री चोर्ने प्रयास गरेकोमा उनलाई यस्ताे सजाय सुनाइएको मलेसियाको अदालतले जनाएको छ ।

सेक्युरिटी गार्डमा काम गर्न गएका २६ वर्षीय कुमार दरालले २१ वर्षीया महिला विद्यार्थीको सुनको सिक्री चोर्ने प्रयास गरेको मलेसियाका मिडियाले बताएका छन् । मलेसियामा गैरकानूनी रुपमा बसोबास गर्दै आएकोले उनको सजायमा १ वर्ष पनि जोडिएको छ ।

बिहान हात धुँदै गर्दा दरालले नुर हफिजा सरिना जुल्किफ्लीको २० हजार रिगिंट बराबरको सुनको सिक्री चोर्ने प्रयास गरेका थिए । सन् २०१६ डिसेम्बर २९ मा उनी पक्राउ परेका थिए ।