नेपाली कांग्रेसले दुई नम्बर प्रदेश केन्द्रित संयुक्त छलफल गर्दै

काठमाण्डौ, ३१ चैत्र । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले आज दुई नम्बर प्रदेश अन्तर्गतका पार्टीका सांसद, जिल्ला सभापति र केन्द्रीय समितिसँग संयुक्त छलफल गर्दैछ ।

आन्दोलनरत मधेसी मोर्चाको प्रभाव क्षेत्रमा स्थानीय निर्वाचन र सुरक्षाका विषयमा कांग्रेसले आफ्ना सांसद र जिल्ला सभापतिसँग सामूहिक छलफल गर्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा अपरान्ह छलफलको कार्यक्रम राखिएको छ ।

बैठकमा २ नम्बर प्रदेशका जिल्लामा पार्टीको अवस्था र निर्वाचन रणनीति तय गर्ने विषयमा समेत छलफल हुने कांग्रेसले जनाएको छ । यसैबीच कंग्रेसले जनकपुरमा आज गर्ने भनिएको आमसभा स्थगित गरेको छ ।