October 22, 2017

नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको आज सातौं स्मृति दिवस, बिभिन्न कार्यक्रम गरि मनाइदै

 काठमाण्डौ ७ चैत्र । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको आज सातौं स्मृति दिवस । नेपाली कांग्रेसले देशभर बिभिन्न कार्यक्रम गरी स्वर्गिय कोइरालाको सम्झना गरिरहेको छ ।

२०६२ /०६३ सालको जनआन्दोलनका नेतृत्वकर्ता तथा शान्ति प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत ७ गते आजकै दिन ८६ वर्षको उमेरमा निधन भएको थियो ।

कोइरालाले द्वन्द्वमा रहेको तत्कालिन नेकपा माओवादीलाइ शान्ति प्रक्रियामा ल्याउदै २ सय ४७ बर्ष लामो राजसंस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।