October 17, 2017

नेपालले एसीसी इमर्जिङ कप खेल्न नपाउने

काठमाण्डौ १० फाल्गुन । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।
८ देशले खेल्ने भनेको एसीसी इमर्जिङ कपमा हङकङ र युएईको आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएपछि अब पाँच देशले मात्र खेल्ने भएका छन् ।
एसीसीकोले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो ।प्रतियोगितामा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।