October 23, 2017

नेपालमा सहज रुपमा उद्योग सञ्चलन गर्ने वातावरण बन्यो–मन्त्री जोशी

काठमाण्डौ, २३ चैत्र । उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपालमा सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण निर्माण भएको बताएका छन् ।

जापानीज उद्योग व्यवसायी र नेपाली व्यवसायीबीच सम्भाव्य लगानीको बारेमा छलफल गर्न बुधबार काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री जोशीले यस्तो बताएका हुन् । उनले पछिल्लो ६ महिनाभित्र उद्योगसम्बन्धी धेरै नीति निर्माण भएको भन्दै यो लगानी मैत्री रहेको दाबी पनि गरे ।

मन्त्री जोशीले नेपालीका साथै विदेशी लगानीकर्तालाई कम्पनी दर्ता गर्न सहज बनाईएको पनि बताए । उनले आगमी १० वर्षभित्र कुनै पनि नेपाली नागरिक कामका लागि बिदेश जान बाध्य नहुने वातावरण निर्माण भईरहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै दुई देशको व्यापार सम्बन्ध अझै परिस्कृति हुनुपर्नेमा जोड दिए ।

नेपालका लगानीको वातावरणको अध्ययन गर्न जापानबाट नेपाल आएका २० जना उद्यमी व्यवसायीको टोलीले पोखरा, चितवन लगाएका क्षेत्रमा उद्योग निरिक्षण गरेका थिए