March 26, 2017

नेपालमा लगानीको प्रशस्त अवसर रहेको उद्योगमन्त्रीको भनाइ

काठमाण्डौ, ४ चैत्र । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालमा प्रशस्त लगानीको अवसर रहेको बताएका छन् ।

हालै नेपालमा भएको लगानी सम्मेलनमा विदेशी मुलुकले देखाएको प्रतिबद्धताले पनि यसको पुष्टि भएको उनले बताए ।

ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री जोशीले नेपालमा लगानी गर्दा जोखिम नरहेको समेत उल्लेख गरे ।

उनले आर्थिक समुन्नति गर्ने कार्यलाई अघि बढाउनका लागि ढिलाई गर्न नहुने भन्दै सबै एक भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले स्वर्ण जयन्ती मनाउँदै गर्दा संघको उपलब्धिलाई रक्षा गर्दै थप उचाइ प्राप्त गर्ने चुनौती रहेको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *