October 24, 2017

नेपालगन्ज गोल्ड कप : संकटाद्वारा एपिएफ पराजित

नेपालगंज ,२८ फाल्गुन । टुबर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल अन्तर्गत आज भएको खेलमा संकटा क्लबले सशस्त्र प्रहरी बलको  एपिएफ क्लब लाइ  २/ १ गोलले पराजित गरेको  छ ।

लामो यात्रा पश्चात बिना बिश्राम मैदानमा प्रवेश एपीएफले पहिलो हाफसम्म संकटालाई पूर्ण रुपमा दबाबमा राखेको थियो  ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेका एपीएफ र संकटाको खेलमा ५५ औ मिनेट एपीएफका तर्फ बाट श्याम नेपालीले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

१ गोलले पछाडी परेको संकटाले आफ्नो खेललाई सुधार गर्दै  दोश्रो हाफको ७२ औ मिनेटमा रबि सिलवालले  बराबरी गोल गरेका थिए भने त्यसको ४ मिनेट बित्न नपाउदै संकटाका राज पौडेलले अर्को  गोल गर्दै खेललाई २-० ले अग्रता दिलाएका थिए ।

१ गोल ले पछि परेको  एपीएफले थुप्रै अवसर पाउदा समेत गोल गर्न बाट बन्चित रह्यो। प्रतियोगिताको म्यान अफ द म्याच संकटाकै राज पौडेल घोषित हुदै लेनोभो मोबाइल प्राप्त गरेका थिए ।

बिहिवारबाट सुरु भएको प्रतियोगितामा भोलिको खेल लक्ष्मी हुन्डाई मनाङ्ग मर्स्याङ्गदी क्लब र रुपन्देही ११ को बीच हुनेछ ।

प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मर्स्याङ्गदी क्लब , नेपाल पुलिस, दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको आयोजकले जनाएको छ । गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।