June 27, 2017

नेपालगञ्ज ११लाई हराउदै पुलिस नेपालगञ्ज गोल्ड कपको सेमिफाइनलमा

नेपालगञ्ज, २६ फागुन । नेपालगञ्जमा भईरहेको दोस्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पुलिस बिजयी भएको छ ।

मौसम खराबीका कारण खेल प्रत्येक हाफमा ४०–४० मिनेट गरेर खेल खेलाइएको थियो । खेलमा नेपाल पुलिसले नेपालगञ्ज ११ लाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

नेपाल पुलिसका तर्फ बाट हरि कठायतले पहिलो हाफको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । उनले भरत शाहको दिएको पासमा गोल गरेका थिए ।

त्यसको ३ मिनेट बित्न नपाउदै ३७ औ मिनेटमा नेपाल पुलिसका भरत शाहले दोश्रो गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाएका थिए ।

दोश्रो हाफ पश्चात खेललाई आफ्नो लयमा ल्याएको नेपालगञ्ज ११ ले नेपाल पुलिसलाइ धेरै दबाब दिएको थियो । दोश्रो हाफको २२ औ मिनेटमा नेपालगञ्ज ११ का रेजिंग सुब्बाले १ गोल गर्दै खाता खोलेका थिए । दोश्रो हाफ पछि आक्रामक खेल खेलेको नेपालगञ्ज ११ ले गोल गर्ने थुप्रै अवसर गुमाउदा हारको सामना गर्नु पयो ।

दोश्रो हाफको ३५ औ मिनेटमा नेपालगञ्ज ११ का रेजिंग सुब्बाले प्रहार गरेको प्रहारलाई पुलिसका गोलकिपरले बचाऊ गर्दै पुलिसलाई बिजयी बनाएका थिए ।

उत्कृस्ट प्रदर्शन गरेका नेपालगञ्ज ११ रेजिंग सुब्बा म्यान अफ द म्याच घोषित भए । भोलिको खेल एपीएफ र संकटा क्लब बीच हुने छ ।