September 23, 2017

नेपालगञ्ज गाेल्डकप, मनाङ मर्स्याङदीलाई पराजित गर्दै रुपन्देही ११ सेमी फाइनलमा

नेपालगंज, २९ फाल्गुन । टुबर्ग दोस्रो नेपालगन्ज फुटबल प्रतियोगिता अन्तर्गत  आज भएको खेलमा रुपेन्देही ११ विजयी भएको छ ।
आज भएको प्रतियोगितामा  मनाङ मर्स्याङदी र रुपन्देही ११ विचको खेलमा  रुपन्देही ११ले  २-१ मनाङ मर्स्याङदीलाइ पराजित गर्दै सेमिफ़ाइनलको यात्रा तय गरेको   छ ।
निकै प्रतिष्पर्धात्मक आज भएको खेलमा  पहिलो हाफ गोल रहित बराबरी भएको थियो । खेललाइ केहि सुधार गर्दै  दोस्रो हाफको ७२ औ मिनेटमा मनाङ मर्स्याङदीका जर्सी नम्बर ७ का  शुशिल लामाले एक गोल गरी टिमलाइ अग्रता दिलाएका थिए ।
त्यसको केहि समय बित्न नपाउदै रुपेन्देही ११ का लागी जर्सी नम्बर  ८ का उत्तम गुरुङ ले खेलको ८२  औ  मिनेटमा गोल गरी खेललाइ बराबरीमा पुर्याएका थिए ।
दर्शकको अपार माया पाएको रुपन्देही ११ ले आक्रामक खेल खेल्दै   ८९ औ मिनेटमा जसी नम्बर १० का अमर डगोंलले गोल गर्दै टिमलाइ बिजयी तिर धकेलेका थिए ।
उक्त गोलनै बिजयी गोल बन्न पुग्यो  ।  प्रतियोगिताको म्यान अफ द म्याच रुपन्देही ११ का विदेशी खेलाडी मुसा भए, उनीले लेनोभो मोबाइल प्राप्त गरेका छन्  ।
 प्रतियोगितामा भोलि हुने खेल अन्तर्गत सिएमजी संकटा र सुदुरपश्चिम ११ को बीच पहिलो सेमफिाइनल खेल हुने छ । प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ ।