August 20, 2017

नेपालगञ्ज गाेल्डकपमा पुलिसलाई हराउदै रुपन्देही ११ फाइनलमा

नेपालगञ्ज, १ चैत्र । दोस्रो नेपालगञ्ज फुटबल प्रतियोगितामा मंगलबार भएको दोस्रो सेमीफाइनल खेलमा रुपेन्देही ११ विजयी भएको छ ।

नेपाल पुलिस क्लव र रुपन्देही ११ विच भएको दोस्रो सेमिफाइनल खेलमा पुलिसलाई १ का विरुद्ध २ गोलले हराउदै रुपन्देही ११ विजयी भएको हो ।

खेलको पहिलो हाफको ३३ औँ मिनेटमा नेपाल पुलिसका जुमानु राइले गोल गरेर पुलिसलाई अग्रता दिलाएका थिए । तर त्यसको लगत्तै रुपन्देही ११ का अमर डंगोलले गोल गरेर खेल बराबर गरेका थिए ।

त्यस्तै खेलको दोस्रो हाफको २९ औँ मिनेटमा रुपेन्देही ११ का अमर डंगोलले निर्णायक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच अमर डंगोल भएका छन् । उनले एक सेट लेनेभो मोबाइल प्राप्त गरेका छन् ।
बिहीबार रुपन्देही ११ र सिएमजी संकटा बीच फाईनल खेल हुने भएको छ ।