नेपालगञ्जमा प्रहरी र मोर्चाका कार्यकर्ता बीचझडप

बाँके, १ चैत्र । बाँकेको नेपालगञ्जमा प्रहरी र मोर्चाका कार्यताबीच झडप भएको छ ।
नेपालगञ्जदेखि करिब ४ किलोमिटर पश्चिम गुलरिया–नेपालगञ्ज सडक खण्डको सोनपुर भन्ने ठाउँमा प्रहरी र मधेसी मोर्चाका झडप भएको हो ।

मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेपछि दुई राउण्ड हवाई फायर र अश्रुज्ञास प्रहार गर्नुपरेको जिल्ला प्रशासनले जनाएको छ ।

मोर्चाको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले गोली प्रहार गर्नुका साथै अश्रु ग्यास र लाठी चार्ज गरिरहेको संघीय समाजवादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्दीन राइनले बताएका छन् ।

उनले आफ्ना कार्यकर्ताले प्रहरीमाथि कुनै आक्रमण नगरेको तर नेपालगञ्जमा आयोजित कार्यक्रममा सहभागी हुन आउनेहरुलाई मात्रै राकेको बताएका छन् । मोर्चाले सप्तरी घटनाको विरोधमा मंगलबार बाँके बन्दको आह्वान गरेको छ ।