October 24, 2017

शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय जगतले मान्यता नदिएकाे प्रधानमन्त्रीकाे गुनासो

काठमाण्डौ, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय जगतले महत्व र मान्यता दिन कञ्जुसाई गरेको बताएका छन् ।

नेपालको शान्ति प्रक्रियाबारे अनुभव साटासाट गर्न नेपाल आएका म्यानमारको उच्च स्तरीय टोलीसँग भएको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपाली राजनीतिक दल र आन्दोलनरत माओवादी पक्षबीचको राजनीतिक समझदारीबाट माओवादी सेना र हतियारको व्यस्थापन भए पनि अन्तर्राष्ट्रिय जगतले महत्व र मान्यता दिन कञ्जुसाई गरेको आरोप लगाएका हुन् ।

जनताको मौलिक लक्ष्य सहितको राजनीतिक क्रान्तिले आफ्नो लक्ष्य हासिल गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले विशुद्ध आतंककारी क्रान्तिले कहिल्यै लक्ष्य हासिल गर्न नसक्ने दाबी पनि गरे ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले माओवादी सेना, हतियारको शान्तिपूर्ण व्यवस्थापन भएता पनि शान्ति प्रक्रियाले पूर्णता नपाएको प्रस्ट पारे ।