August 18, 2017

नेपालको विकासमा भारत सहकार्य गर्न तयार : जेट्ली

 

काठमाण्डौ २० फाल्गुन । भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालको आर्थिक विकासमा भारत सहकार्य गरी अघि बढ्न तयार रहेको बताएका छन ।

काठमाडौमा जारी लगानी सम्मेलनमा भारतीय अर्थमन्त्री जेट्लीले यस्तो धारणा राखेका हुन ।

उर्जा, सिंचाइ, पर्यटन, ट्रान्समिसन लाइन विस्तार लगायतका पूर्वाधार विकासमा भारतले नेपाललाई सघाउने जेट्लीको भनाइ छ । नेपालमा लगानीका थुप्रै अवसर रहेको भन्दै अर्थमन्त्री जेट्लीले भारतले विकसित नेपालको चाहना राखेको बताए ।

लगानी बिना मुलुकको समृद्धि संभव नहुने भन्दै उनले पूर्वाधारमा लगानी वृद्धि गरी आर्थिक गतिविधि बढाउन सुझाव दिए । आर्थिक गतिविधि बढाउने, रोजगारी सृजना गर्ने, राजश्वमा योगदान दिने र नागरिकको जीवनस्तर उकास्नेगरी लगानी परिचालन गर्नुुपर्नेमा जेट्लीको जोड थियो । भारतले प्रत्यक्ष बैदेशिक लगानीलाई प्रोत्साहित गरेकैले अहिलेको विकास संभव भएको उनको भनाइ थियो ।