नेपालकी छात्रा ‘ए’ लेभल अन्तर्गत अङ्ग्रेजी भाषा र साहित्यमा विश्वकै उत्कृष्ट

काठमाण्डौ, २६ चैत्र । नेपालकी छात्रा सम्वृद्धि श्रेष्ठ ‘ए’ लेभल अन्तर्गत अङ्ग्रेजी भाषा र साहित्यमा विश्वकै उत्कृष्ट भएकी छिन् ।

क्याम्ब्रिज इन्टरनेसनल एक्ज्यामिनेसन (सीआईई) ले सन् २०१६ मा लिएको ‘ए’ लेभल परीक्षाको नतिजाअनुसार काठमाण्डौ चपलीकी सम्वृद्धि उत्कृष्ट ठहरिएकी हुन् ।

ब्रिटिस काउन्सिलले हिजो शुक्रबार गरेका कार्यक्रममा उनलाई अवार्डसहित सम्मान गरियो । त्यसै अवसरमा नेपालमा ‘ए’ लेभलमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । जसमा रातो बंगला स्कुलका १३, चेल्सी इन्टरनेसनल एकेडेमीका ८, सेन्ट जेभियर्सका ७ र बूढानिलकण्ठ स्कुलका ४ विद्यार्थीहरुले विभिन्न विधामा पुरस्कार प्राप्त गरे ।

त्यस्तै ट्रिनिटी, ग्लोबल र ब्रिटिस स्कुलले समान ३–३ विधामा उत्कृष्ट अवार्ड जिते । त्यस्तै लिटिल एन्जल्स र केआईएससीले समान २–२ विधामा उत्कृष्ट अवार्ड हात पारे ।

एक विधामा उत्कृष्ट स्थान प्राप्त गर्नेहरुमा ब्रिटिस मोडल स्कुल, साइपाल, गण्डकी स्कुल पोखरा, ओरियन्ट र जेभियर्स इन्टरनेसनल कालो पुल रहेका छन् । याे समाचार अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ ।