October 22, 2017

नेपालका लागी भारत सरकारको २५ करोड सहयोग

 

१८ माघ, काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले नेपाललाई करिब २५ करोड रुपैया सहयोग गरेको छ ।

सिंहदरबारमा आयोजित कार्यक्रममा नेपालका लागि वभारतीय राजदूत रञ्जित रेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई २४ करोड, ९७ लाख १० हजार ६ सय ९८ रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

धनुषाको वीरेन्द्रबजार–यदुकुवा–महिनाथपुर ३२ दशमलव ३५ किलोमिटर, धनुषाकै जनकपुर–यदुकुवा १७ दशमलव ५ किलोमिटर तथा बाराको मानमत–कलैया–मटिअर्वा २७ किलोमिटर सडक खण्ड निर्माणका लागि उक्त रकम प्रयोग गरिने कार्यक्रममा जानकारी दिइएको छ ।भारतीय राजदूत रञ्जित रेले कैलाली, लम्कीमा भारतीय सहयोगमा सडक निर्माण कार्य सम्पन्न भइरहेको भन्दै हुलाकी राजमार्ग पनि छिटै निर्माण हुने विश्वास गरेको बताएका छन्  ।भारतीय राजदूत रेले भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग जारी राख्ने आश्वासन दिए ।