नेपालका लागि नयाँ भारतीय राजदूत मन्जीवसिंह

काठमाण्डौ, १८ फाल्गुन । भारत सरकारले नेपालका लागि मन्जीवसिंह राजदूतमा सिफारिस गरेको छ ।

भारत सरकारले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ एग्रिमोका लागि पत्राचार गरेको छ ।

सन् १९८२ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका पुरी २००९ देखि २०१३ सम्म संयुक्त राष्ट्रसंघका लागि भारतीय राजदूत बनेका थिए । पुरी यसअघि बेल्जियमका लागि भारतीय राजदूत थिए । फेबु्रअरीमा उनको कार्यकाल सकिएपछि नेपालका लागि सिफारिश भएका हुन् ।

फेबु्रअरीमा रन्जित रेको कार्यकाल सकिएपछि नयाँ भारतीय राजदूत कसलाई बनाउने भन्ने अन्यौल थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले पुरीको एग्रिमो पठाएपछि उनी नेपालको राजदूत बनेर आउने छन् ।