August 19, 2017

नेदरल्याण्डमा राजदूत थापाकाे सम्मान

काठमाण्डौ, २५ फाल्गुन । नेदरल्याण्डका लागि नेपालका राजदूत लोक बहादुर थापालाई विशेष सरकारी कार्यक्रममा मार्फत राजदरबारमा राजा विलियम एलेक्जेन्डरले सम्मान गरेकाे  छ।

उक्त कार्यक्रममा राजदूत थापालाई आउने कार्यकालको लागि बधाई समेत दिएको बताइएको छ । साथै थापालाई दुई देशको सम्बन्ध प्रगाढ राखिराख्न आग्रह गरेका थिए ।

कार्यक्रममा राजदूत थापाले नेपालका राष्ट्रपति विद्या देवी भण्डारीको विशेष शुभकामना सन्देश राजदरबारलाई बुझाएका थिए । राजदूत थापाले आफ्ना कार्यकालमा नेदरल्याण्ड र नेपालको सम्बन्धमा आँच आउन नदिने बताए ।

राजदूत थापाले नेपालको हालको सामाजिक, आर्थिक, राजनीतिक पक्षका साथै भूकम्पपछिको पुनर्निर्माणको बारेमा पनि चर्चा गरेका थिए ।

नेदरल्याण्डका राजा विलियम एलेक्जेन्डरले नेदरल्याण्डले सदैव नेपालको सबै क्षेत्रमा सहयोग गर्ने बताए ।