August 16, 2017

नेतृत्वको कुरा नमिल्दा भाडिँयो यादव –भट्टराई सहमति

काठमाण्डौ,१० वैशाख । अध्यक्षको बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको छ ।

स्रोतका अनुसार बैशाख पहिलो साताभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो । एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयबाहेक अन्य बिषयमा करिब करिब सहमति जुटिसकेको थियो तर अध्यक्षको बिषयमा भने सहमति जुट्न सकेन  ।  स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताले अध्यक्षमा उपेन्द्र यादव नै हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको रुपमा स्वीकार गर्न सकिने बताएका थिए ।

नयाँ शक्तिका नेताहरुले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने अडान राखेका थिए ।

यो खबर आजको नागरिक दैनिकमा छ ।