नेता रामहरि जोशीको निधनमा तीन दिन शोक मनाउने कांग्रेसको निर्णय

काठमाण्डौ  ३० असार । नेपाली कांग्रेसका नेता रामहरि जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम श्रद्धाञ्जली दिएका छन्।

शुक्रबार बिहान कांग्रेस मुख्यालय सानेपा पुगी प्रधानमन्त्री देउवाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रदाञ्जली तथा  सम्मान दिएका थिए। ग्राण्डी अस्पतालमा दम र निमोनियाको उ पचार गराइरहनुभएका नेता जोशीको बिहिबार बेलुका निधन भएको हो ।

घरको शौचालयमा लडेर चोट लागेपछि उहालाई यही असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आउनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई आज मध्यान्न सम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागी राखिएको थियो । काग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकले पनि जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने नेपाली कांग्रेसले निर्णय गरेको छ ।

विसं १९८३ मा सर्लाहीमा जन्मिएका नेता जोशी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रुपमा परिचित हुुनुहुन्थ्यो । आजीवन पार्टी र प्रजातन्त्रका लागि लडेका उहाँ करिब नौ बर्ष कारागारमा पर्नुभएको थियो । उहा विसं २०४८ को गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएको थियो ।