October 17, 2017

नेता पुनलाइ थप उपचारका लागि बैंकक लगियो

काठमाण्डौ, १५ फाल्गुन । नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व अर्थमन्त्री बर्षमान पुनलाइ थप उपचारका लागि आज थाइल्याण्डको बैंकक लगिएको छ ।
काठमाडौं ग्राण्डी अस्पतालमा आठ दिन लामो उपचारपछि उनलाइ आज बैंकक लगिएको हो । टाउको दुख्ने र ज्वरोको समस्या देखिएपछि पुनलाई अस्पताल भर्ना गरिएको थियो ।

पुनको साथमा उनकी पत्नी एवं सभामुख ओनसरी घर्तीमगर पनि बैंकक जानुभएको छ । सभामुख घर्ती थाइल्याण्ड जाने भएपछि व्यवस्थापिका संसद बैठक केही दिन चल्ने छैन । सदनको बैठक आगामी फाल्गुन १९ गतेलाई बोलाइएको छ ।