August 19, 2017

नेक्सस कप यु–१६ टी–२० राष्ट्रिय क्रिकेट भोलिदेखि

काठमाण्डौ, २२ चैत्र । नेक्सस क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा भोलिदेखि नेक्सस कप यु–१६ टी–२० राष्ट्रिय क्रिकेट सुरु हुँदैछ ।

वैशाख २८ सम्म चल्ने प्रतियोगिता बुढानिलकण्ठ आवासिय मावीको खेलमैदान, ल्याब्रोटरी स्कुल कीर्तिपुर र त्रिवि मैदानमा हुने आयोजकले बताएको छ ।

शोबिज स्पोर्टस प्रालिको सहकार्यमा हुने प्रतियोगितामा २८ टिमको सहभागिता रहनेछ । नकटाउट चरणमा खेलाइने खेलमा पुरै टिमलाई चार समूहमा बाँडिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले पनि १ लाख नगदका साथै ट्रफी प्राप्त गर्नेछ ।