July 24, 2017

नेकपा (माओवादी)को आठौ महाधिवेशन थवाङमा सुरु

थबाङ, ५ फाल्गुन । नेकपा (माओवादी) को  आठौं महाधिवेशनको बन्दसत्र रोल्पाको थबाङमा बिहिबारबाट सुरु भएको छ ।

महाधिवेशनमा देशैभरका  प्रतिनिधि, पर्यवेक्षक स्वयमसेवकसहित १ हजार जनाको सहभागिता रहको आयोजकले जनाएको छ ।

माआवादीहरुले थवाङलाई दश बर्षे जनयुद्दको उदगम गाउका रुपमा मान्दै आएका छन । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी)ले थवाङमा महाधिवेशन आयोजना गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

महाधिवेशनले नेपालमा जनताको सत्ताको नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्न वैज्ञानिक विचार, नीति, कार्यक्रम र योजना निर्माण गर्ने विश्वास लिइएको माओवादीले जनाएको छ ।

महाधिवेशनका लागि करिब २ करोड रुपैयाको लगानी र श्रमदानमा सहिद स्मृति भवन निर्माण गरिएको छ ।