नेकपा कार्यकर्ताले प्रहरीलाई ३ घण्टा थुने

काठमाण्डौ,२० चैत्र । ललितपुरको जावलाखेलमा शुक्रबार आयोजित एक कार्यक्रममा सूचना संकलन गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले करिब तीन घन्टा नियन्त्रणमा लिएको खुलासा भएको छ ।
नेकपाद्धारा आयोजित पाटी ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रममा सूचना संकलन गर्न ललितपुर प्रहरी परिसरका दुई र अपराध महाशाखा ललितपुरका तीन गरी पाँच प्रहरी सादा पोसाकमा खटिएका थिए ।

ती प्रहरीलाई नेकपाका कार्यकर्ताले कार्यक्रम नसकिउन्जेल कोठामा थुनेर राखेका थिए । जासुसी गर्न आएको भन्दै प्रहरीप्रति कार्यकर्ता रिसाएका थिए । यो खबर आजको अन्नपूर्ण दैनिकमा खबर छ ।