October 20, 2017

नेकपाको नेपाल बन्द आव्हान, जनजीवन सामान्य

काठमाडौ २८ फाल्गुन । कन्चनपूर घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभरी सामान्य देखिएको छ ।

लामा दुरीका सवारी साधनहरु चल्न नसके पनि राजधानी लगायत देशका विभिन्न सहरमा छोटा दूरीका सवारी साधनहरु भने सञ्चान भइरहेका छन । राजधानी काठमाण्डौमा बन्दकर्ताहरुले विहानै केही भारतीय नम्बर प्लेटका सवारी साधनहरुमा तोडफोड गरेका छन । प्रहरीले बन्द गराउदै हिडेका नेकपाका एक दर्जन कार्यकर्ताहरुलाई पक्राउ गरेको छ ।

कन्चनपूरको पुनर्वासमा निर्माण गरिएको कल्र्भटका बिषयमा गत बुधबार भारतीय पक्षसंग विवाद हुँदा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गोविन्द गौतमको गोली हानी हत्या गरेको थियो । हत्याको विरोधमा नेकपाले आज नेपाल बन्दको आव्हान गरेको छ ।