October 20, 2017

निष्पक्ष छानविन गर्न मानव अधिकार तथा शान्ति समाजको आग्रह

काठमाण्डौ, २४ फाल्गुन । नेकपा एमालेले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरी जिल्लाको राजविराज भएको झडपमापरि चार जनाको मृत्यु र दुई दर्जन घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाजले घटनाको सत्य तथ्य छानविन गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सन्दर्भमा कतिपय तथ्यहरु दुभाग्यपुर्ण रहेको बाताएको छ । समाजले विज्ञप्तिमा भनेको छ ‘कुनै पनि राजनीतिक दल वा मोर्चाले नागरिकहरुको जीवनलाई जोखिममा पार्ने काम कहिल्यै गर्नु हुदैँन । यस दिशामा सरकार, राजनीतिक दल/मोर्चाबाट के कस्तो त्रृटि हुन गएको छ , समयमै समिक्षा गरी भविष्यमा थप अप्रिय स्थिति उत्पन्न हुन नदिन आवश्यक कदम चाल्नुपर्छ ।’

साथै विज्ञप्तिमा अगाडि भनिएको छ ‘नेकपा एमालेद्धारा प्रक्षेपित मेची महाकाली राष्ट्रिय अभियानलाई विथोल्ने उद्देश्यले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा अवलम्बन गरिएको उत्तेजक र अराजक गतिविधी दुर्भाग्यपूर्ण छ ।’

त्यस्तौ समस्याहरु सम्वोधन गर्ने र शान्तिपूर्ण तवरमा हल गर्ने महत्वपूर्ण स्थल भनेको संसद हो । एकातिर जननिर्वाचित संसदलाई अवरुद्ध गर्ने, अर्कोतिर संसदमा प्रस्तावित विषयमा छलफल नै गर्ने दिदैँनौ भनी नेकपा एमालेले केहि समय अघि अवलम्बन गरेको शैली दुभाग्यपूर्ण छ ।

घटनाको पृष्ठभुमिमा सरकारका जिम्मेवार व्यक्ति शान्ति सुरक्षाको जिम्मेवारी बोकेकाबाट व्यक्त भएका कतिपय मर्यादा विपरित सार्वजनिक अभिव्यक्तिहरु दुर्भाग्यपूर्ण छन्  विज्ञप्तिमा उल्लेख छ ।

घटनाको पृष्ठभूमि, समग्र घटनाको मुल कारण पहिल्याउने कार्यादेशसहित स्वतन्त्र र निष्पक्ष छानविनको प्रक्रिया अघि बढाउन शान्ति समाज सरकारलाई आग्रह गर्दछ भनि शान्ति समाजका महासचिव उत्तम पुडनसैनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरीएको छ ।

साथै घाइतेहरुको निशुल्क उपचार र घाइते एवं मृतकहरुको परिवारलाई राहतको व्यवस्था गर्न समेत सरकार समक्ष आग्रह गर्दछौँ  भिन  प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।