August 22, 2017

निर्वाचन हुन नसेकका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने– डा. सुधा त्रिपाठी

काठमाण्डौ, १८ फाल्गुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समिति संयोजक एवम् शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले मंगलबार निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताएकी छन् ।

रफत सञ्चार क्लवमा मंगलबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै निर्वाचन समिति संयोजक डा. त्रिपाठीले मंगलबार देशभरी निर्वाचन भएको जानकारी गराउँदै स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने बताईन ।

उनले उपत्यकाका ७ वटा र उपत्यकाबाहिरका १५ वटा क्याम्पसमा निर्वाचन भइरहेको बताउँदै त्रिवि निर्वाचन समितिले आज निर्वाचन नभएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन गर्ने स्पष्ट पारेकी छन् । उनले क्याम्पसले विद्यार्थी संगठनसँग आन्तरिक सहमतिमा स्ववियू निर्वाचन गर्न सकिएतापनि त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन नगर्ने बताईन ।

बुधबारबाट निर्वाचन समितिको औचीत्य समाप्त हुने र दुई वर्षपछि मात्र निर्वाचन हुने उनको भनाइ छ ।