April 24, 2017

निर्वाचन हुन नदिने षड्यन्त्रसँग सजग रहन प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन हुन नदिने ठूलो षड्यन्त्रको सम्भावना रहेको भन्दै सजग रहन आग्रह गरेका छन् ।

झापाको बिर्तामोडमा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाईसिएल र अनेरास्ववियु क्रान्तिकारी झापाको संयुक्त जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । अनेक चुनौती सामना गर्दै दाहालले सरकार निर्धारित मितिमा नै स्थानीय तहको निर्वाचन गर्न लागि परेको बताए ।

कुन पार्टी जित्छ वा हार्छ भन्ने कुरा गौण भएको भन्दै प्रधानमन्त्री दाहालले आफ्नो पार्टीले जिते वा हारे पनि देश र जनताले जित्नका लागि चुनाव हुनुपर्ने धारणा राखे । उनले मोर्चाका लागि अहिलेको सरकार जतिको लचिलो सरकार कहिल्यै नआउने भन्दै यो अवस्थामा पनि सहमतिमा नआए मोर्चाका लागि ठूलो गल्ति हुने टिप्पणी गरे ।

पहिलो संविधान सभाको चुनावमा पाएको जित पछि आफूहरुमा अंहकार बढेकाले दोश्रो संविधान सभा चुनावमा जनताले सजाय दिएको स्विकार्दै प्रधानमन्त्री दाहाले माओवादी सच्चिइसकेकाले अब माओवादीलाई जिताउन झापाली जनतालाई आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *