October 17, 2017

निर्वाचन सम्बन्धी दुई विधेयक अझै अलपत्र

 

१८ माघ, काठमाडौं । व्यवस्थापिका संसद्को बैठकले निर्वाचन सम्बन्धी तीनवटा विधेयक पारित गरे पनि बाकी दुई विधेयक भने अलपत्र परेका छन् ।

थ्रेसहोल्ड र संयुक्त चुनाव चिह्नसम्बन्धी विवाद अन्त्य नहुदा राज्य व्यवस्था समितिले निर्वाचनसम्बन्धी थप दुई विधेयकलाई अन्तिम रुप दिन सकेको छैन । विधेयकको प्रावधानमा सहमति हुन नसक्दा राजनीतिक दल र स्थानीय तह निर्वाचनसम्बन्धी दुई विधेयकमा सहमति हुन नसकेको हो । निर्वाचन आयोगकको काम, कर्तव्य र अधिकार, मतदाता नामावली र निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक भने पारित गरिएको छ ।

राज्यव्यवस्था समितिको पूर्ण बैठक गत शुक्रवारपछि बस्न सकेको छैन भने उपसमितिको औपचारिक बैठक समेत यो साता बस्न सकेको छैन । उपसमितिलाई आजसम्ममा सहमति जुटाउन समय दिइएपनि थ्रेसहोल्ड र चुनाव चिह्नबारे शीर्ष नेतृत्वले निकासका लागि पहल नगर्दा उपसमितिले विवादसहितको प्रतिवेदन पूर्ण समितिमा बुझाउने तयारी गरेको छ । समिति मातहतको ११ सदस्यीय उपसमितिले शीर्ष तहमा छलफल गरी थ्रेसहोल्ड र चुनाव चिह्नमा सहमति जुटाउने बताएपनि छलफलको समय निर्धारण हुन भने सकेको छैन ।