निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन हुनुपर्छ – नयाँ शक्ति

काठमाण्ठौ, फाल्गुन । नयाँ शक्ति पार्टी नेपालले निर्वाचन सम्पन्न गर्नका लागि सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सारेको छ ।

शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नयाँ शक्ति पार्टीले निर्वाचनलाई स्वच्छ र निस्षक्षारुपमा सम्पन्न गराउनको लागि सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग अघि सारेको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले भौगोलिक एकता र राष्ट्रिय अखण्डता कायम राख्नको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्नेमा समेत जोड दिएका छन् ।

सरकार बनाउँदा र ढल्दा सधैं विदेशीलाई आरोप लगाउने चलन रहेको भन्दै त्यो समस्या नेताहरुकै कारणले उत्पन्न भएको उनले बताए । उनले निर्वाचन भन्दा पहिले संशोधनको विषय अघि आएका कारण संशोधनलाई टुङ्गो लगाएर अघि बढ्नुपर्ने धारणा पनि राखेका थिए ।

स्थानिय तहको निर्वाचनका लागि पूर्वाधार नै तयार भई नसकेको पुनसंरचना आयोगको प्रतिवेदनलाई छिटो भन्दा छिटो टुङ्गो लगाउनुपर्ने उनको भनाई छ ।

नयाँ शक्तिले संविधान संशोधन नभएसम्म निर्वाचन हुन नसक्ने र निर्वाचन गर्ने हो भने तीनै तहको एकैसाथ गर्नुपर्नेमा पनि जोड दिएको छ ।