August 19, 2017

निर्वाचन सफल पार्न सबैको सहयोग आवश्यक

काठमाण्डौ, २६ चैत्र । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले कठोर मिहिनेत र प्रतिवद्धताका साथ निर्वाचन सम्पन्न गर्नका लागि अघि बढिरहेको बताएका छन ।

शनिबार काठमाडौमा आयोजित कार्यक्रममा उनले समयमा नै निर्वाचन सम्पन्न गर्नका लागी आयोगलाई सबै किसिमको सहयोग गर्न आह्वान गरे ।

‘काउण्ड डाउन सुरु भइरहेको भन्दै ऐतिहासिक जिम्मेवारी पूरा गर्ने काममा आयोगलाई समर्थन र सहयोग गर्न सबैलाई अनुरोध छ’- यादवले भने ।

नयाँ संविधानअनुसार नयाँ वर्षमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै उनले स्वतन्त्र र स्वच्छ रुपमा निर्वाचन सफल गर्नका सबैको सद्भाव, सहयोग, समर्थन  र प्रतिबद्धता आवश्यक रहेको ‌ ‍औल्याए ।