August 22, 2017

निर्वाचन सफल पार्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ १० फाल्गुन । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन सफल पार्न सबैलाई साथ दिन आग्रह गरेका छन ।

काठमाडौमा प्रेस काउन्सिलद्वारा आयोजित दिवंगत पत्रकारहरुको सम्झनामा निर्मित पत्रकार स्तम्भको अनावरण गर्दै उनले स्थानीय निकायको निर्वाचनले संघीय गणतन्त्रको औचित्य पुष्टी गर्ने बताए ।

कार्यक्रममा संचारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारहरुलाई आफ्नो मर्यादा र अनुशासनमा बसेर काम गर्न आग्रह गरे । कार्यक्रममा प्रेस काउन्सीलका अध्यक्ष बोर्णबहादुर कार्की र पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले पत्रकारिता क्षेत्रका समस्याका विषयमा धारणा राखेका थिए ।