June 26, 2017

निर्वाचन र संशोधन प्रस्तावलाई सँगसँगै अघिबढाउन कांग्रसको जोड

काठमाण्डौ, २ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

पार्टीको संसदीय दलको कार्यालय संहदरबारमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको छ । तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायतका विषयमा छलफल गरी उक्त निष्कर्ष निकालेको सभापति शेर बहादुर देउवाले जानकारी दिएका छन् ।

बैठकमा राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा समेत छलफल भएको नेता फरमुल्ला मन्सुरले जानकारी दिए ।

बैठकले आगामी चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ ।