October 17, 2017

निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ – मन्त्री थापा

काठमाण्डौ, १६ फाल्गुन । स्वास्थ्यन्त्री गगन थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले वर्तमान सरकार नै निर्धारित मिति भित्रै तीन वटै तहको निर्वाचन गर्न गठन भएको स्पष्ट पारेका छन् ।

उनले घोषित मिति मै स्थानीय तहको निर्वाचन गर्ने कुरामा सरकार अलमलमा नरहेको जिकिर गर्दै निर्वाचनका बिषयमा सरकार अलमलमा नरहको बताए । मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यहि एजेण्डालाई निर्वाचनमा लैजान आग्रह समेत गरेका छन् ।

मन्त्री थापाले परिणामुखी कामका लागि आफु सदैव लागिरहेको बताउँदै कर्मचारीको सहयोगबाट सन्तुष्ट रहेको विश्वास व्यक्त गरेका छन् ।
उनले आगामी दिनमा देशका ७५ वटै जिल्लामा सुविधासम्पन्न एम्बुलेन्स पुर्याउनेगरि आफूले काम गरिरहेको बताए ।