September 23, 2017

निर्वाचन नभए संविधान असफल – महामन्त्री डा. कोइराला

मोहन बल्ल

भक्तपुर, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले तोकिएको समयमा निर्वाचन नभए संविधान असफल हुने बताएका छन ।

रफत सञ्चार क्लवको साक्षात्कारमा बोल्दै महामन्त्री डा. कोइरालाले सरकारले ०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्ण रुपमा असफल हुने धारणा व्यक्त गरे ।

सरकारले आगामी जेठ १० गते भित्र स्थानीय निकायको निर्वाचन गरिसक्नु पर्नेमा डा. कोइरालाले जोड दिए ।

नेपाली कांग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा होमिन महामन्त्री डा. कोइरालाको आग्रह समेत गरे ।

कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै  पार्टीका केहि नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए ।

पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भभावना खल्बलिने बताउँदै मधेशी मोर्चाले भन्दैमा काग्रेस संविधान संशोधनमा नलाग्ने डा. कोइरालाको भनाइ थियो ।

अहिल सँविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको स्मरण गराउँदै विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन गर्न नसकिने डा. कोइरालाले प्रष्टयाए ।