June 28, 2017

निर्वाचन चिन्हका विषयमा राप्रपामा विवाद

काठमाण्डौ २० फाल्गुन । राष्ट्रिय प्रजातन्त्र पार्टीमा निर्वाचन चिन्हलाई लिएर विवाद उत्पन्न भएको छ ।

राप्रपाको जारी केन्द्रीय समितिको बैठकमा पनि चुनाव चिन्ह हलो कि गाई भन्नेमा बहस सुरु भएको छ । संवैधानिक राजसंस्था, हिन्दुधर्म लगायतका प्रमुख मुद्दामा दुवै पक्ष एक भए पनि पार्टीको चुनाव चिन्ह के हुने भन्ने बारेमा अहिले विवाद देखिएको छ ।

तत्कालिन राप्रपा नेपाल पक्षधर नेताहरुले चुनाव चिन्ह गाई नै हुनुपर्ने अडान राखेका छन् भने तत्कालिन राप्रपा पक्षले भावनासंग जोडिएको, २०४८ साल देखिको चुनाव चिन्ह हलो नै कायम हुनुपर्ने अडान राखेका छन् । बैठक आज पनि जारी रहने राप्रपाले जनाएको छ ।