October 24, 2017

निर्वाचन घोषणापत्रका लागि सुझाव माग्दै नयाँ शक्ति

काठमाडौं २७ चैत्र । स्थानीय तह निर्वाचनका लागि तयार गरिने घोषणापत्रका लागि नयाँ शक्ति पार्टीले जनस्तरबाट सुझाव माग गरेको छ ।

नयाँ शक्ति पार्टीबाट जनताले अपेक्षा गरेका कुराहरु घोषणापत्रमा समेटन जनस्तरमै सुझाव आव्हान गरिएको    नयाँ शक्तिका संसदीय मामिला विभाग संयोजक केशव दाहालको बताए ।

विकास र समृद्धिको मुख्य लक्ष्यका साथ आगामी निर्वाचनमा जनताबीच उपस्थित हुने र जनताको मतबाटै देशको समृद्धिको खाका कोर्ने चाहना नयाँ शक्ति पार्टीको भएको दाहालले बताए ।

पार्टीको प्रतिवद्धतापत्रको मस्यौदा लेखनकार्य सुरु गरिएको छ’, संयोजक दाहालले भने – ‘हाम्रो प्रतिवद्धतामा समेट्नुपर्ने सुझावहरु के के छन् ? हामीले उठाउनुपर्ने जनताका आधारभूत मुद्दाहरु के हुन् ? के कस्ता विषयहरुमा हामीले काम गर्नुपर्छ ? यस्ता विषयहरुमा हामी जनताको तर्फबाट सुझाव चाहन्छौं ।’ dahal.keshab@gmail.com र info@nayashaktinepal.org इमेल ठेगानामा सुझाव सम्प्रेषण गरि सहयोग गर्न नयाँ शक्ति पार्टीले आग्रह गरेको छ ।