October 24, 2017

कमल थापा भन्छन – ‘राप्रपाले चुनाव हुनै पर्छ भनेकाे छ’

काठमाण्डौ, १४ चैत्र । उपप्रधान तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुनु पर्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको मान्यता रहेको बताएका छन ।

मध्यपुर थिमि नगरपालिकाको २१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले चुनाव हुन्छ कि हुँदैन भन्ने द्विविधामा रहनु पर्ने अवस्था नरहेको बताउँदै सबै राजनीतिक दललाई त्यसको तयारीमा जुट्न आग्रह गरेका हुन् ।

मन्त्री थापाले झण्डै २० बर्ष पछि स्थानीय सरकारको चुनाव हुन लागेको बताउँदै आन्दोलनरत मधेशी मार्चालाई समेत स्थानीय चुनावमा ल्याउने वातावरण तयार गर्न सरकार लागि परेको बताए ।

आन्दोलनरत मोर्चालाई चुनावमा सहभागी गराउन सकिएन भने देश टुक्र्याउनु पर्छ भन्ने अतिवादीहरुलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

सप्तरी घटनाका कारण स्थानीय तहको चुनाव नहुने स्थिति आएको बताउँदै सरकारलाई बचाउन र चुनाव सुनिश्चित गराउनको लागि मात्रै राप्रपा सरकारमा गएको उनको विचार थियो ।