निर्वाचन एमालेका लागि लोकप्रियता कमाउने माध्यम : मन्त्री भण्डारी

मोहन बल्ल
काठमाण्डौ ८ फाल्गुन । वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारीले एमालेले निर्वाचनको विषयलाई लिएर सस्तो लोकप्रियता खोजिरहेको बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा आइतबार आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सस्तो लोकप्रियताको नाममा निर्वाचनको विषयमा एमालेले गलत प्रचार गरिरहेको आरोप लगाए ।

सरकारले निर्वाचनको गर्ने तयारीमा रहेको अवस्थामा निर्वाचनप्रति शंका नगर्न आग्रह उनले प्रतिपक्षी दललाई आग्रह गरे ।

निर्वाचन देश बिकाशका लागि पहिलो अति आबश्यक भएको भन्दै भण्डारीले सरकार निर्वाचनको मिति घोषण गर्ने तयारीमा लागेको बताए ।

उनले मधेशवादी दल र एमालेसँग निरन्तर वार्ता र संवाद भइरहेकाले आगामी ७ माघ २०७४ सालसम्म तीन तहको निर्वाचन हुने दाबी गरे ।