October 22, 2017

निर्वाचन आयोगले राप्रपाको मुल एजेण्डानै हटाइदियो

काठमाण्डौ, ४ चैत्र । निर्वाचन आयोगले राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै विधानबाट हिन्दु राष्ट्र एवं राजसंस्था बुँदानै हटाइदिएको छ ।

आयोगले मुल एजेण्डानै हटाईदिए पछि कुन एजेण्डा लिएर चुनावमा जाने भनेर राप्रपाका नेताहरुलाई चिन्ताले सताएको छ ।

कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्ने’ भन्ने वाक्यांश राखिएको छ । यसैगरी विधानको धारा पाँचमा ‘नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भनेर उल्लेख गरिएको छ ।

हालै राजधानीमा सम्पन्न भएको राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेख गरिएका केहि वाक्यांशहरु नेपालको संविधानसँग मेल नखाएको भन्दै निर्वाचन आयोगले हटाएको हो ।

नेपालको संविधान २०७२को धारा ४ मा धर्म निरपेक्ष तथा गणतन्त्र उल्लेख गएिको छ ।