August 18, 2017

निर्वाचन आयोगले पूर्णता पायो

काठमाण्डौ, ५ फाल्गुन । राष्ट्रपति विद्या भण्डारीले तिन जना निर्वाचन आयुक्त नियुक्त गरेसंगै निर्वाचन आयोगले पुर्णता पाएको छ ।
संबैधानिक परिषदको सिफारिसका आधारमा संसदीय सुुनुवाई विशेष समितिबाट अनुमोदन गरीएका आयुक्तहरु  बिहिबार राष्ट्रपतिबाट नियुक्त भएका हुन ।
नवनियुक्त निर्वाचन आयुक्त पूर्व प्रशासकहरु नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले राष्ट्रपती भण्डारीबाट पद तथा गोपनियतको सपथ ग्रहण गरेका छन ।
राष्ट्रपति भवन शीतल निवासमा पदभार ग्रहण गरेसंगै नवनियुक्त निर्वाचन आयुक्तहरुले जमलस्थित बहादुर भवनमा पुगेर पदभार ग्रहण गर्ने छन् ।
दलीय भागबण्डाका आधारमा संवैधानिक परिषद्ले गत माघ १४ गते उहाँहरुको नाम आयुक्तमा सिफारिस गरेको थियो । नवनियुक्त आयुक्तहरु पौडेल कांग्रेस, दाहाल एमाले र शाह नेकपा माओवादी केन्द्रको सिफारिसमा आयुक्त नियुक्त भएका हुन । आयोगमा यसअघि प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मामात्र कार्यरत थिए ।