August 22, 2017

निर्वाचन आयोगले तोक्यो उम्मेद्वारको खर्च सीमा

काठमाण्डौ २९ फाल्गुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारहरुको निर्वाचन प्रचार–प्रसारलगायत कामका लागि खर्चको सीमा तोकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । निर्वाचन आयोगले तोकेको सीमाअनुसार सबैभन्दा चुनाव प्रचारप्रसारमा सबैभन्दा बढी रकम खर्च गर्न पाउनेमा महानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार छन् ।

दुवै पदका उम्मेदवारले बढीमा ७ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । त्यस्तै, उपमहानगरका प्रमुख र उपप्रमुखका उम्मेदवारले बढीमा ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले बढीमा ४ लाख ५० हजार खर्च गर्न पाउ“नेछन् ।  गाउ“पालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारहरुले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन् । पछिल्लो राज्य पुनःसँरचनाअनुसार बनेको जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने सीमा आयोगले तोकेको छ ।  निर्वाचन आयोगले तोकेको खर्च सीमाअनुसार सबैभन्दा कम खर्च गर्न पाउनेमा जिल्ला समन्वय समितिको सदस्यका उम्मेदवार छन् । उनीहरुले १ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।