August 19, 2017

निर्वाचन आयोगले राप्रपाको मुलभुत एजेण्डा हटाउने कार्य स्वीकार्य छैन : कमल थापा

उद्धव घिमिरे /विराटनगर, ६ चैत । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको मुलभुत एजेन्डा निर्वाचन आयोगले हटाउने निर्णय पार्टीलाई स्वीकार्य नभएको बताएका छन ।
विराटनगर विमानस्थलमा आज विहान संचारकर्मीसंग कुरागर्दै थापाले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र पार्टीको मुख्य एजेण्डा भएकोले त्यो निर्वाचन आयोगले हटाउने निर्णय कुनैपनी हालतमा स्वीकार्य नहुने धारणा राखे ।
थापाले मधेशी मोर्चालाईपनि स्थानिय तहको निर्वाचनमा सहभागी गराउन सरकारले हरसंभव प्रयास गर्ने बताए ।
मधेशी मोर्चासंग तत्काल पुरा गर्न सकिने मागहरुलाई सम्बोधन गरि बाँकी मागहरु निर्वाचनपछि पुरा गर्नेगरि सरकारले सहमतीको प्रयास गरिरहेको उनले जानकारी दिए ।
उपप्रधानमन्त्री थापाले नेपाल सरकार , राजनीतिकदल र निर्वाचन आयोग निर्धारित मितिमा निर्वाचन गराउन गम्भिर भएर लागिपरेकोले अब कुनैपनि हालतमा निर्वाचन नरोकिने दावी गरे ।