September 25, 2017

निर्वाचनसम्बन्धी दुई विधेयक व्यवस्थापिका ससंदबाट सर्वसम्मत रूपमा पारित

१२ माघ, काठमाडौं ।  निर्वाचनसम्बन्धी दुई विधेयक व्यवस्थापिका ससंदबाट  सर्वसम्मत रूपमा पारित भएको छ ।

हालै बसेको संसद्को  बैठकले निर्वाचन आयोग विधेयक, २०७३ राज्यव्यवस्था समितिको सुझावसहित सर्वसम्मतिले परित गरेको छ । त्यस्तै राज्यव्यवस्था समितिको प्रतिवेदनसहित मतदाता नामावली विधेयक, २०७३ पनि सर्वसम्मत पारित भएको छ । यी दुवै विधेयक गृहमन्त्री विमलेन्द्र निधिले ससंदमा पेश गरेका छन । संसद्को अर्को बैठक माघ १४ गते दिनको एक बजे बस्ने बताइएको छ ।